वीरगंजबाट १ थान पेस्तोलसहित पक्राउ – Nepal Press

वीरगंजबाट १ थान पेस्तोलसहित पक्राउ

पर्सा । प्रहरीले वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट १ थान पेस्तोल र सोको २ थान म्याग्जिन सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ५ बस्ने २५ वर्षीय राजु राना मगर रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कम्मरभित्र लुकाई ल्याएको पेस्तोल र पाइन्टको खल्तीमा लुकाई राखेको उक्त म्याग्जिन सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *