कोरोना बीमाको भुक्तानी बढ्यो, ६० हजारले लिए रकम – Nepal Press

कोरोना बीमाको भुक्तानी बढ्यो, ६० हजारले लिए रकम

काठमाडौं । निर्जीवन बीमा कम्पनीले ६० हजारभन्दा बढीलाई कोरोना बीमा रकम भुक्तानी गरेका छन् ।

बीमा समितिका अनुसार ९१ हजार ६७३ जना बीमितले भुक्तानीका लागि आवेदन दिएकोमा चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले रकम पाइसकेका छन् ।

अहिलेसम्म विभिन्न २० निर्जीवन कम्पनीले पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेका हुन् । बीमा समितिका अनुसार महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा गत चैत ३० गतेसम्म फाइल प्रमाणीकरणका लागि ३७ हजार फाइल पठाएकोमा १८ हजार ५२७ वटा फाइल प्रमाणित भएर बीमा समिति आइसकेको छ । १८ हजार ८५९ वटा फाइल भने अझै प्रमाणीकरण हुन बाँकी छ ।

बीमा समितिका अनुसार ईडीसीडीले प्रमाणीकरण गरिसकेका ५ हजार ४३६ फाइल भने पुलको काम गरिरहेको शिखर इन्स्योरेन्समा पेन्डिङमा छ । ४३८ जनाको प्रमाणित हुने प्रक्रियामा रहेको बताइएको छ । कागजात पूरा नभएका १ हजार ९८९ फाइल ईडीसीडीबाट बीमा कम्पनीमा फिर्ता आएका छन् ।

साथै ६ सय ६६ वटा फाइल दोहोरो परेकाले पेन्डिङमा नै राखिएको बीमा समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर