सिभिल बैंकको नाफामा वृद्धि – Nepal Press

सिभिल बैंकको नाफामा वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।
सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत बढी हो ।

बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरूको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा छ । त्यसैगरी कर्जातर्फ यस आर्थिक वर्षमा २७.६२ अर्व वृद्धि गरेको छ, जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो ।

तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर