माधव नेपाल आन्तरिक छलफलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ – Nepal Press

माधव नेपाल आन्तरिक छलफलमा, ओलीसँग भएको वार्ताको ब्रिफिङ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफूनिकट नेताहरूसँग परामर्श गर्दैछन् ।

बुधबारको वार्तामा ओलीले नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । उनले शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका छन् ।

नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछिमात्र थप कुराकानी गर्ने बताएका थिए । आज आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ ।

नेपाल पक्षधर नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् । ओलीनिकट नेताहरूले पनि भोलिको बैठकमा आउन आग्रह गरिरहेको एक नेताले बताए । नेपाल पक्षधर नेताहरूबीचमै पनि बैठकमै गएर कुरा राख्ने कि समानान्तर गतिविधि अघि बढाउने भन्ने मतान्तर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर