भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणपछि निधन – Nepal Press

भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणपछि निधन

एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीका जेठा छोरा आशिषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नेता यचुरीले ट्वीटमार्फत छोराको कोरोनाका कारण निधन भएको जानकारी दिएका हुन् । दुई साताअघि कोरोना संक्रमण भएपछि अप्रिल १२ मा  ३५ वर्षीय आशिषलाई दिल्लीको गुडगाउँस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेता यचुरीका अनुसार विहान साढे ५ बजे आशिषले अन्तिम स्वास लिएका हुन् । उनले ट्वीटमार्फतनै आफ्नो छोराको प्राणरक्षाका लागि हरसम्भव प्रयास गर्ने फ्रन्टलाइनका स्वास्थ्यकर्मी र अस्पतालका सफाइ कर्मचारीलाई धन्यबादसमेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर