काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर – Nepal Press

काडिजलाई हराएपछि रियल मड्रिडद्वारा ला-लिगाकाे शीर्ष स्थानमा अंक बराबर

एजेन्सी । काडिजलाई उसकै मैदानमा ३–० गोलअन्तरले पराजित गरेसँगै यिल मड्रिडले स्पेनिस लालिगाको शीर्ष स्थानमा एट्लेटिको मड्रिडसँग अंक बराबर गरेको छ ।

घोषणा भएलगत्तै सर्बत्र आलोचना भएपछि युरोपियन सुपर लिगबाट पछि हटेलगत्तै यो जित निस्किएको हो । काडिजबिरुद्ध खेल्दै गर्दा ठूलो मात्रामा समर्थकहरु रंगशालाबाहिर सुपर लिगको विरोध गर्न भेला भएका थिए । रंगशालाभित्र घरेलु टोली काडिजले प्रेरणादायी प्रदर्शन गरे पनि पहिलो हाफको ३ गोलले रियल सहजै विजयी भयो ।

रियलले १३ मिनेटको अन्तरमा ३ गोल गर्दा करिम बेन्जेमाले २ गोल गरे । ला लिगामा जारी सिजन व्यक्तिगत गोलसंख्या २१ पु¥याएका बेन्जेमाले पहिलो गोल ३० औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । ३३ औं मिनेटमा ओड्रियोजोला र ४० औं मिनेटमा बेन्जेमा आफैंले गोल गरेका हुन् ।

जितपछि ३२ खेलबाट रियलको ७० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको पनि ७० अंक नै छ । दुई खेल कम खेलेको चौथौ स्थानको बार्सिलोनाको ६५ अंक छ । सेभिया तेस्रो स्थानमा छ । उसले ३२ खेलबाट ६७ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *