ओली–माधव फेरि भेट्ने, नेपालसँगको वार्तापछि प्रचण्डलाई ओलीको फोन – Nepal Press

ओली–माधव फेरि भेट्ने, नेपालसँगको वार्तापछि प्रचण्डलाई ओलीको फोन

काठमाडौं । लामो संवादहिनतालाई तोड्दै बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भोलि पुनः भेट्ने भएका छन् ।

ओली र नेपालबीच आज काठमाडौंको मेरियट होटेलमा करिब दुई घण्टा छलफल भएको थियो।

दुई नेताबीचको भेटवार्ताको विस्तृत विवरण आइसकेको छैन् । वार्ता स्थलमै रहेका प्रधामन्त्री ओलीका सल्लाहाकार मोतीलाल दुगडले नेताहरु फ्रफुल्ल देखिएको र वार्ता सकरात्मक भएको प्रतिक्रिया संवाददताहरुलाई दिएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली आफैंले पहल गरेपछि भेटवार्ता भएको हो । ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव राखेका थिए।

नेता नेपालले भेट्ने तर साथमा झलनाथ खनाल पनि आउने प्रस्ताव ओलीसँग राखेका थिए । तर, अध्यक्ष ओलीले ‘वान टू वान’ कुराकानी गर्ने भनेपछि नेता नेपाल एक्लै भेट्न तयार भएका थिए ।

नेता नेपालले आफूले पहिले नै सार्वजनिक रुपमा बालुवाटार नजाने भनिसकेको भन्दै वार्ताका लागि बाहिर उपयुक्त हुने भनेपछि मेरियट होटेल रोजिएको थियो ।

दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको थियो । धेरैपछि ओली–नेपालबीच संवाद भएको भए पनि कुराकानीमा ओलीले आफूले गुट नमानन्ने र कुनै सर्त स्वीकार नगर्ने प्रष्ट शब्दमा भनेका थिए।

‘माधव नेपालसँग भएको भेट पनि व्यक्तिगत भेटघाट हो, गुटगत होइन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्, ‘आजको भेटमा पनि प्रधानमन्त्रीले प्रष्ट शब्दमा गुट मान्दिनँ, कुनै सर्त मान्दिनँ भन्ने कुरा राख्नु भयो । तपाईंहरु सच्चिएर आउनुहोस्, पार्टीमा उचित स्थान तपाईंहरुलाई हुन्छ भन्नुभयो ।’

जवाफमा नेता नेपालले–आफूले टिममा छलफल गरेर सबै कुरा भन्ने बताएका थिए । नेता नेपालले टिममा छलफल गरेर आउँछु भनेपछि भोलि पुनः बस्ने समझदारी उनीहरुबीच भएको थियो।

माधव नेपालसँगको वार्ता लगत्तै प्रचण्डलाई पनि फोन
ओलीले नेता नेपालसँगको भेट सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि टेलिफोन गरेका छन्।

नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो तेस्रो फोन हो । पुस ५ यता ओलीले पहिलो पटक प्रचण्ड पत्नि सिता दाहाललाई उपचारका लागि मेडिकेयर अस्पतलामा भर्ना गरेका बेला फोन गरेर स्वाथ्य लाभको कामना गरेका थिए ।

स्वास्थ्य अवस्था बुझ्न उनले नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेललाई अस्पतालमै पठाएका थिए ।
अदालतले नेकपाको एकता खारेज गर्दै एकीकरणका लागि नयाँ नाम लिएर आउन भनेपछि पनि प्रचण्डलाई फोन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर