कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द – Nepal Press

कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द

पोखरा । कोरोना जोखिम बढेपछि पोखरा रंगशाला बैशाख मसान्तसम्मका लागि बन्द भएकाे छ । कोरोनाको दोस्रो लहरको जोखिम बढेको भन्दै पोखरा रंगशालाले बैशाख मसान्तसम्मका लागि सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

रंगशालामा हुने हरेक किसिमका खेलकुद प्रशिक्षण, सभा तथा प्रतियोगिता बिहीबारबाट लागू हुने गरी बन्द गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले जानकारी दिए । बैशाख मसान्तसम्म सर्वसाधारणलाई समेत रंगशालामा प्रवेश निषेध गरिएको छ ।

तर, रंगशाला पूनर्निमाण कार्य जारी रहेकाले सम्बन्धित कर्मचारी र कामदार भने सुरक्षाको मापदण्ड अपनाएर प्रवेश गर्न पाउने बरालले बताए । कास्कीमा बुधबार एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २ जनाको मृत्यु भएको थियो । नेपाल सरकारले नै कास्कीलाई कोरोना अतिप्रभावित जिल्ला घोषणा गर्दै विद्यालयलगायत भिडभाड हुने सबै संस्था, व्यवसाय बन्द गर्न निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *