दुई घण्टा लामो वार्तामा नेपाललाई ओलीको सन्देश–गुटका शर्त मान्दिन, बिनाशर्त एमालेमा फर्किनुस् – Nepal Press

दुई घण्टा लामो वार्तामा नेपाललाई ओलीको सन्देश–गुटका शर्त मान्दिन, बिनाशर्त एमालेमा फर्किनुस्

काठमााडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता को निष्कर्ष बाहिर आएको छैन ।

करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । दुगड वार्तास्थलमै थिए ।

के भयो वार्तामा ?
मेरियटको करीव दुई घण्टा लामो वार्तामा भएका कुराकानी अझै बाहिर आइसकेका छैनन् । नेपालले पहिले आफ्ना साथीसँग छलफल गरेपछि मात्रै बोल्ने बताएका छन् ।

ओलीले नेपाललाई अब गुटगत रुपमा कुनै पनि माग र शर्त लिएर वार्तामा नआउन आग्रह गरेको बालुवाटार स्रोतको भनाइ छ । बिनाशर्त पार्टीमा आए कारवाही र पद फिर्ता हुन सक्ने संकेत दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले बैशाख १० गते शुक्रबार बस्ने केन्द्रीय समितिकाे बैठकमा सहभागि भएर आफ्ना कुरा राख्न आग्रह पनि गरेका छन् ।

नेपाल पक्षले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याए फ्लोर क्रस गर्ने बचन शेरवहादुर देउवा र प्रचण्डलाई दिएको खबरपछि ओली थप कारवाहीतर्फ अघि बढेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर