मेरियट होटलमा ओली-नेपाल वार्ता जारी, कार्यकर्ता पंक्तिमा उत्साह – Nepal Press

मेरियट होटलमा ओली-नेपाल वार्ता जारी, कार्यकर्ता पंक्तिमा उत्साह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अलग पार्टी गठनको तयारीमा रहेका माधव नेपालसँग निर्णायक संवाद अघि बढाएका छन् । दोस्रो स्पष्टीकरण सोधिएको भोलिपल्ट अध्यक्ष ओली र नेता नेपालबीच राजधानीको मेरियट होटलमा संवाद भएको हो ।

दुई नेताबीच वार्ताको वातावरण बनाएका अर्थमन्त्री बिष्णु पौडेल भने नेताहरुको ‘वान टु वान’ वार्तामा सहभागी नभई निस्किएका छन् । पौडेल बुधबार दिउँसैदेखि बजेट सम्बन्धी आन्तरिक छलफलमा मेरियटमै थिए ।

ओलीले माधव नेपाल निकट सांसदहरुसँग व्यक्तिगत डिल गरिरहेका छन् । गुटगत डिल नहुने भन्दै आएका प्रधानमन्त्रीले नेपालसँग निर्णायक छलफल गर्न चाहेको स्रोतले जनाएको छ ।

यसअघि बुधबारै योगेश भट्टराईले भेटेर संवाद गर्न सुझाएका थिए । उनले संवादको वातावरण बनाउन पौडेललाई पनि आग्रह गरेका थिए ।

दुई नेताबीच वार्ता शुरु भएको समाचारले कार्यकर्ता पंक्तिमा भने उत्साह देखिएको छ । सामाजिक संजालबाट एमाले कार्यकर्ताले मिल्नुको विकल्प नरहेको र वार्तालाई सकारात्मक दिशामा लैजान आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “मेरियट होटलमा ओली-नेपाल वार्ता जारी, कार्यकर्ता पंक्तिमा उत्साह

  1. नेपाल काे कमन्यूसट पाटि जाेगाउन सहि बार्ता हाेस र निचाेड अावस छिटै।

Leave a Reply to हर्क बलामी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर