समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई, कोरोनाका कारण केन्द्रीय कमिटी अनिश्चित (भिडियो) – Nepal Press
माओवादी बैठक

समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई, कोरोनाका कारण केन्द्रीय कमिटी अनिश्चित (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

दुई बसेर सकिएको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘सरकारलाई दिएको समर्थन नभएको जानकारी नदिने प्रश्न हो, त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ,’ बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने ।

त्यस्तै बैठकले विधान संशोधनसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिएर केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ। ‘विधान संशोधन कार्यदलले संशोधित विधानको मस्यौदा बैठकमा राखेको थियो,’ उनले भने, ‘त्यसमा आआफ्नो सुझाव राखेको छ । सुझावसहित पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम रुप दिएर केन्द्रीय कमिटीमा एजेन्डाका रुपमा पेस गर्ने ।’

त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन लेख्ने भएका छन्। केही दिनपछि बस्ने स्थायी कमिटीमा उक्त प्रतिवेदन पेस हुने र कार्यसूीचका रूपमा त्यसलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको जानकारी श्रेष्ठले दिए ।

स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक राख्ने भनिएको भए पनि कोभिड-१९ को बढ्दो संक्रमणका कारण त्यसको मिति निश्चित नभएको श्रेष्ठले बताए।

‘कोभिड-१९ नियन्त्रणमा पार्टी कमिटी परिचालन गर्ने निर्देशन भएको छ,’ उनले भने, ‘कोभिडका कारण प्रस्तावित केन्द्रीय कमिटीको बैठकको मिति निश्चित गरिएको छैन । अवस्था हेरेर मिति तय गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर