अनधिकृत बैठकमा सहभागी नहुन जनप्रतिनिधिलाई एमाले रामेछापको चेतावनी – Nepal Press

अनधिकृत बैठकमा सहभागी नहुन जनप्रतिनिधिलाई एमाले रामेछापको चेतावनी

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटील सूर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरुलाई माधव नेपाल पक्षका समानान्तर गतिबिधि र पार्टी विभाजनको प्रक्रियामा नलाग्न चेतावनी दिएको छ ।

सदरमुकाम मन्थलीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष आनन्द श्रेष्ठले जनप्रतिनिधिहरुले पार्टीको नीति निर्देशनको अवज्ञा गरेमा कानुन र विधान बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएका हुन् ।

अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियासहितका नेताहरुले पत्रकार सम्मेलनमा एमालेको आधिकारिक बैठक वैशाख १३ गते हुने भन्दै विहीवार माधव नेपाल पक्षले राखेको भनिएको भेला एमालेको नभई अलग्गै दलको हुने बताए ।

बैशाख ९ गते पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीमा पार्टीले गर्ने कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले केपी ओली नेतृत्वको पार्टी आधिकारिक हो भनेर आफूहरुले हिजो नेकपाकालमा पनि भनेको र अहिले पनि त्यही यथार्थ भएको बताए ।

उनले एमालेको नाममा माधव नेपाल समूहले गरेका गतिबिधिहरु रामेछापमा सैह्य नहुने बताए । नेपाल पक्षले रामेछापमा समानान्तर कमिटी गठनका लागि बैठक बोलाएको छ ।

श्रेष्ठले भने एमाले वागमती प्रदेशका सह–इन्चार्ज काशिनाथ अधिकारी र प्रदेश कमिटीका अध्यक्ष आन्द पोखरेलको सहभागितामा वैशाख १३ गते आधिकारिक बैठक बस्ने बताए ।

श्रेष्ठले एमालेको संस्थापन पक्षमा रामेछापका ९० प्रतिशत कार्यकर्ता रहेको दावी गर्दै समानान्तर भेलामा लाग्नेहरुमाथि कारवाही गरिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर