वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो – Nepal Press

वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

काठमाडौं । वर्षाले प्रभावित बनेको ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल १३ ओभरमा घटाइएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएपछि वर्षा सुरु भएको थियो ।

वर्षाका कारण १ घण्टा भन्दा धेरै रोकिएको खेल पुन: सुरु भएको छ । नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, ओपनरद्वय विक्रामजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।

मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनद्वीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *