ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । ट्रकको ठक्करबाट झापामा मोटरसाइकल चालकको बुधबार मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१३ मा भएको दुर्घटनामा परी मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का प्रवेश बयलकोटीको मृत्यु भएको हो ।

बयलकोटीले चलाएको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते भएका वयलकोटीलाई विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु भने मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर