कर्णालीमा कोरोनाले मर्नेभन्दा आत्महत्या गर्ने ८ गुणा बढी – Nepal Press

कर्णालीमा कोरोनाले मर्नेभन्दा आत्महत्या गर्ने ८ गुणा बढी

सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुने भन्दा आत्महत्या गर्नेको सङ्ख्या ८ गुणा बढी भएको तथ्यांक छ । तथ्यांकअनुसार कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ भने २६९ जनाले आत्महत्या गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सुर्खेतमा ९९, दैलेखमा ४२, जाजरकोटमा २१, रुकुममा २५, सल्यानमा ५५, जुम्लामा १३, कालिकोटमा ९, गुगुमा ३ र हुम्लामा २ जनाले आत्महत्या गरेका छन् ।

तथ्यांकले अघिल्ला वर्षहरुमा भन्दा कोरोना कहर सुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या बढेको देखाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा सुर्खेतमा ९५ जना, दैलेखमा ३९ जना, जाजरकोटमा ७ जना, रुकुममा २६ जना, सल्यानमा ६० जना, जुम्लामा १२ जना, डोल्पा र हुम्लामा एक एक जना, मुगुमा दुइ जना र कालिकोटमा १२ जना गरी २५५ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतमा ९८ जना, दैलेखमा ३८ जना, जाजरकोटमा ६ जना, रुकुममा ३२ जना, सल्यानमा ५० जना, जुम्लामा १० जना, हुम्लामा एक जना, मुगुमा ६ र कालिकोटमा ९ जना गरि २५० जनाले आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा १२८ जनाले आत्महत्या गरेका थिए । दैलेखमा ४३ जना, जाजरकोटमा ६ जना, रुकुममा २६ जना, सल्यानमा ६५ जना, जुम्लामा ११ जना, डोल्पामा एक जना, हुम्लामा दुइ जना र कालिकोटमा चार जना गरि २८६ जनाले आत्महत्या गरेका थिए ।
किन बढिरहेछ आत्महत्या ?

प्रदेश स्वास्थ्य निर्देशनालय कर्णालीका निर्देशक डा. रविन खड्काले बेरोजगारीका कारण आत्महत्या बढेको हुनसक्ने अनुमान गरेका छन् ।

‘पछिल्लो समय आर्थिक संकट बढिरहेको छ, जसबाट उत्पन्न तनाव खप्न नसकेर आत्महत्या गर्नेहरु बढेका हुनसक्छन्’, उनी भन्छन्, ‘पारिवारिक कलह पनि आत्महत्याको अर्को प्रमुख कारण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर