जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य – Nepal Press

जापान जान पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

काठमाडौं । जापान जाने यात्रुले अनिवार्य त्यहाँको सरकारले जारी गरेको कोभिड-१९ मापदण्डलाई पालना गर्नुपर्ने भएको छ । जसमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टलाई अनिवार्य गरिएको छ ।

नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै आफ्नो उडानबाट जापान जाने यात्रुको लागि यस्तो सूचना जारी गरेको हो । जसमा जापानको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार उडानको ७२ घण्टाअघि पीसीआर परीक्षण गरेको हुनुपर्नेछ ।

वैध मानिएको नमूना र परीक्षण विधिबाट गरिएका परीक्षण प्रमाणपत्र मात्र यात्राका लागि योग्य हुने नेपाल एयरलाइन्सले जनाकारी दिएको छ ।

‘जापान भ्रमण गर्नका लागि सबै यात्रुलाई पीसीआर परीक्षण सिफारिश गरिएको विधि अनुसार नै नमूना परीक्षण गरेर मात्र यात्रा गर्न नेपाल एयरलाइन्स अनुरोध गर्दछ’ एयरलाइन्सले विज्ञप्तीमा जनाएको छ ।

निर्देशिका अनुसार पीसीआर परीक्षणको वैध प्रमाणपत्र पेश गर्न असमर्थ यात्रुहरुलाई जहाजमा उडान अनुमति नदिइने निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर