सीईडीबी हाइड्रोको आईपीओ आउँदै – Nepal Press

सीईडीबी हाइड्रोको आईपीओ आउँदै

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ जारी गर्ने बताएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधरणका लागि बिक्री गरिने कूल सेयरमध्ये दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।

सीईडीबी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापुँजी ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ ।

यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल बैंक नियुक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर