यसवर्षको बोआओ सम्मेलनमा राजदूत पाण्डे सहभागी, चिनियाँ राष्ट्रपतिद्वारा २०३० सम्म बीआरआइबाट गरिबी हटाउने अठोट – Nepal Press

यसवर्षको बोआओ सम्मेलनमा राजदूत पाण्डे सहभागी, चिनियाँ राष्ट्रपतिद्वारा २०३० सम्म बीआरआइबाट गरिबी हटाउने अठोट

बेइजिङ । भाइरस महामारीपछि पहिलोपटक चीनको बोआओ सहरमा बोआओ एसिया मञ्च-२०२१ सम्मेलन सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बेइजिङबाट सम्मेलनलाई भर्चुअल सम्बोधन गरे ।

मंगलबार भएको उद्घाटन समारोहमा श्रीलंका, कम्बोडिया, कजाखस्तान, लाओस, दक्षिण कोरिया, बंगालदेश, सिंगापुुर, भियतनाम, मंगोलिया, अन्तराष्ट्रिय मुद्रा कोष लगायतका राज्य र संस्थाका प्रमुखले सम्मेलनलाई सम्बोधन गरे ।

नेपालबाट यसपटक राजदूत महेन्द्रबहादुर पाण्डे सहभागि छन् । उनले सम्मेलनमा तीनवटा विधागत छलफलमा भाग लिने जनाइएको छ । यसअघि सम्मेलनमा नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री लगायत सहभागि हुने गरेपनि यसपटक भने चीनले निम्तो दिएको छैन ।

बीसवर्षदेखि नेपालले पनि यस मञ्चमा भाग लिँदै आएको थियो । गतवर्ष भाइरस महामारीले रोकिएको सम्मेलन यसपटक भने भौतिक उपस्थितीमै हुन लागेको हो । नेपाली नेतृत्वलार्ई यसपटक निम्तो नदिएको बारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

फोरमको अफिसियल वेबसाइटका अनुसार ६० डेलिगेट्स भौतिकरुपमा फोरममा सहभागि भएका छन् । सन् २०१५ मा तत्कालिन राष्ट्रपति रामवरण यादव फोरममा सहभागि थिए भने सन् २०१७ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागि थिए ।

सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमणमा व्यस्त भएकाले त्यसतर्फ जान सकेनन् भने उनले प्रतिनिधि पनि पठाएनन् । सन् २०१९ को सम्मेलन कोरोनाभाइरस महामारीले स्थगित भएको थियो ।

सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सीले २० वर्षमा चीनले सक्रियताका साथ क्षेत्रीय सहकार्यलाई अघि बढाउँदै एसियाका साथ प्रगति र विश्वसँग विकास गर्दै अघि बढेको बताए । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) सबैका लागि हातमा हात मिलाएर हिँड्न सक्ने फराकिलो बाटो भएको तर कसैको नीजि बाटो नभएको बताए ।

खुलापन र सहनशिल भावनाका साथ बीआरआइमा संलग्न सबै पक्षसँग मिलेर गरिबी निवारण तथा विकास गर्ने प्रतिबद्धता राष्ट्रपति सीले जनाए । सन् २०३० सम्ममा बीआरआइमार्फत विश्वका ७६ लाख जनतालाई चरम गरिबी र ३ करोड २० लाखलाई मध्यम गरिबीको अवस्थाबाट मुक्त गरिने अठोट उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर