बलात्कार आरोपमा पत्रकार महासंघका नवनिर्वाचित सदस्य पक्राउ – Nepal Press

बलात्कार आरोपमा पत्रकार महासंघका नवनिर्वाचित सदस्य पक्राउ

काठमाडौं । बलात्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका एक नवनिर्वाचित सदस्य पक्राउ परेका छन ।

महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा चैत २५ गते निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालकसमेत रहेका बेलबासेलाई इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई जबरजस्ती गरेको आरोप छ ।

युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

बेलबासेलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले बताए ।

अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जबरजस्ती करणीको आरोप लगाएको प्रहरीको भनाइ छ ।

अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर