२२ तले धरहरा ठडियो, वैशाख ११ गतेको उद्घाटन समारोह हेर्न वैकल्पिक व्यवस्था गरिने – Nepal Press

२२ तले धरहरा ठडियो, वैशाख ११ गतेको उद्घाटन समारोह हेर्न वैकल्पिक व्यवस्था गरिने

काठमाडौं । बैशाख ११ गते हुन लागेको २२ तले धरहरा उद्घाटनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माणको काम सकेपछि उद्घाटन गर्ने तयारी भइरहेको जनाएको हो ।

महाभूकम्पले भत्काएकै दिन बैशाख ११ गते प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्न लागेको छ । कोभिड–१९ को संक्रमण बढीरहेका बेला सरकारले २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने निर्णय गरिसकेकाले अहिलेसम्म उद्घाटन समारोहका लागि कसैलाई पनि निमन्त्रणा नगरिएको प्राधिकरणले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएको हो ।

‘कोभिड–१९ को विषम परिस्थितिमा कसरी सुरक्षित ढंगले कार्यक्रम गर्ने भन्नेतर्फ प्राधिकरण लागिरहेको छ। सरोकारवालारसबै नागरिकलाई उद्घाटनको अवलोकनको वैकल्पिक व्यवस्था गरिने जानकारी गराइन्छ ।’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर