शिक्षा मन्त्रीले गरे कोरिया सरकारको प्रशंसा, निरन्तर सहयोग गर्ने राजदूतको प्रतिवद्धता – Nepal Press

शिक्षा मन्त्रीले गरे कोरिया सरकारको प्रशंसा, निरन्तर सहयोग गर्ने राजदूतको प्रतिवद्धता

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दक्षिण कोरियाली राजदुतमार्फत कोरिया सरकारको प्रशंसा गरेका छन् । राजदुत पार्क छोङ सुकसंग मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले दक्षिण कोरिया सरकारको सहयोगमा शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएकोमा प्रशंसा गरेका हुन् ।

उनले कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा ३ वटा परियोजना कार्यान्वयनमा रहेको बताउदै यस किसिमको सहयोगबाट २ देशबीचको मित्रता अझै प्रगाढ हुदै जाने बताएका हुन् । दक्षिण कोरीया नेपालमा लगानी गर्ने पाँच ठुला देशमा परेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षिय सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने विश्वास लिएको छु ।’

उनले कोइकाको सहयोगमा निर्मित सिटिइभीटी अन्तर्गतको टिआइटिआइमा सम्पन्न भएको आइटी भवन उदाहरणीय रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही बैशाख १७ गते उद्घाटन गरिने उक्त भवन सुचना र प्रविधिको लागि महत्वपुर्ण रहेको मन्त्री श्रेष्ठले भनाइ छ । दक्षिण कोरियाली सरकारले बुटवलमा निर्माण भएको प्राविधिक शिक्षालय र बर्दिवासमा निर्माणको क्रममा रहेको पोलिटेक्निक स्कुलले थप महत्व दिने बताए ।

शिष्टाचार भेटका क्रमम राजदुत छोङसुकले दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा क्षेत्रमा थप सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मन्त्रीसंग भेट्न पाउदा आफुलाई खुसी लागेको भन्दै राजदुत छोङसुकले दक्षिण कोरीयाली सहयोग नियोग (कोइका) र राजदुतावासले नेपालको अर्थतन्त्र विकासमा निरन्तर सहयोग गर्ने बताउदैँ उनले भने, ‘नेपालमा शिक्षा क्षेत्रको विकास र कार्यक्रम निरन्तरताको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सल्लाह लिन तयार छ ।’

उनले विश्वभाषा क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेपछि कोरियाली भाषाप्रति मोह बढेको चर्चा गर्दै अब निकट भविश्यमा सोही क्याम्पसमा कोरिया भाषाको स्नातक तह सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको पनि जानकारी गराए ।

उनले दक्षिण कोरियाली सरकारले गरेको परियोजनाको विषयमा नेपाल सरकारले गरेको प्रशंंसाप्रति खुलैरै स्वागत गरेका छन् । उनले थप्दै भने, ‘हामी नेपालको शैक्षिक र अन्य क्षेत्रको विकासमा सहयोग गर्न तयार छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर