नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा – Nepal Press

नेपालकी ‘जलपरी’ गौरिका एसियाका ३० प्रतिभाको सूचीमा

काठमाडौं । ३० वर्ष मुनिका एसियाली महादेशका सर्वोत्कृष्ट ३० बिलक्षण प्रतिभावान किशोरीको फोर्ब्स सूचीमा नेपाली पौडीबाज गौरीका सिंह सूचीकृत भएकी छिन् ।

कोरोनाभाइरस महामारीको मध्यमा पनि आशावादी र प्रेरणाका स्रोत बनेको भन्दै म्यागजिनले सूची तयार पारेको हो । २,५०० जनाको मनोनयन मध्येबाट उत्कृष्ट ३० छानिएको फोर्ब्सले जनाएको छ ।

फोर्ब्स म्यागजिनका संवाददाताहरु, अग्रणी निर्णायकहरुको समूहले आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिएको, समर्पित र कठिन मिहेनत गरेबापत ती नामहरु छनौट गरेको जनाएको छ ।

१८ वर्षिया सिंहले ९ वर्षको उमेरदेखि पौडन थालेको र १२ वर्षको उमेरमा देशका लागि अन्तर्राष्ट्रिय खेलमा सहभागि भएको फोर्ब्सले जनाएको छ ।

सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, दुई रजत र तीन काँस्य जितेको समेत उल्लेख छ । खेलकुदसँगै सामाजिक च्यारिटी अभियानमा उनी सहभागि भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *