९ हजार लिएर पीसीआरको नक्कली रिपोर्ट बनाउने ल्याबमा छापा – Nepal Press

९ हजार लिएर पीसीआरको नक्कली रिपोर्ट बनाउने ल्याबमा छापा

काठमाडौं । प्रहरीले काठमाडौंको सिनामगलस्थित सूर्या ल्याबमा छापा मारेको छ ।

सूर्या ल्याबले कोरोना संक्रमणको स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो ।

स्वाब नै नलिई नक्कली रिपोर्ट बनाएर दिदै गरेको अवस्थामा छापा मारेको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ल्याबले एक जना बराबर ९ हजार रुपैया लिएर नक्कली रिपोर्ट बेचिरहेको रहेछन्। जसले स्वाब नै दिएको छैन उनीहरुको रिपोर्ट बनाउने खबर पाएपछि छापा हानेका हौ ।

उनका अनुसार उक्त कार्यमा सलंग्नलाई ५ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले ल्याबबाट केही नक्कली रिपोर्ट समेत बरामद गरेको छ ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर