माधव पक्षले स्थगित गर्‍याे बिहीबारको कार्यक्रम – Nepal Press

माधव पक्षले स्थगित गर्‍याे बिहीबारको कार्यक्रम

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षधरले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसगै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस मनाउने कार्यक्रम स्थगित गरिएको हो । नेपाल पक्षले पार्टीको स्थापना भएको दिन  बैशाख  ९ गते विशेष कार्यक्रम सहित भव्यताका साथ मनाउने तयारी गरेको थियो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कारण रोक्नु परेको उल्लेख छ ।

विज्ञाप्तिमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको जनाइएको छ ।

नेकपा एमाले प्रचार विभागद्वारा जारी विज्ञप्तिमा संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्री नै जारी स्वास्थ्य मापदण्ड विपरित ठुला बैठक, सभा र कार्यक्रमहरुमा सहभागी भइरहेको प्रति आपत्ती प्रकट गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर