मनीषा कोइराला अबदेखि गैरआवासीय नेपाली अभियानमा – Nepal Press

मनीषा कोइराला अबदेखि गैरआवासीय नेपाली अभियानमा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला पनि गैरआवसीय नेपाली संघ (एनआरएनए) अभियानमा सहभागि भएकी छिन् ।

संघले स्थापना गरेको  गैरआवासीय नेपाली च्यारिटी फन्डको सदस्यमा मनीषालाई पनि नियुक्त गरिएको छ । यसबारे जानकारी दिन राजधानीमा आयोजित पे्रेसमिटमा मनीषालाई पनि सदस्यमा नियुक्त गरिएको जानकारी दिइयो ।

संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फन्डले कला, संगीत, प्राकृतिक प्रकोप, चिकित्सा, गैरआवसिय नेपालीको उत्थान, विपत व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने उद्देश्य लिएको छ ।

मनीषासँगै फन्डको सदस्यहरुमा म्यान्मारका लागि नेपाल राजदूत भीम उदास, सरकारका पूर्वमुख्य सचिव लीलामणी पौड्याल, संघका अध्यक्ष कुमार पन्त लगायत छन् ।

पछिल्लो समय गायनमा पनि सक्रिय मनीषा शिक्षा, स्वास्थ्य लगायतका जनचेतनामूलक अभियानमा पनि सक्रिय छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर