महामारीको बाबजुद पनि रोकिएन फिल्म छायांकन, स्वास्थ्य मापदण्ड पालना गर्दैै सुटिङ – Nepal Press

महामारीको बाबजुद पनि रोकिएन फिल्म छायांकन, स्वास्थ्य मापदण्ड पालना गर्दैै सुटिङ

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको जोखिम कम गर्न सरकारले फिल्म हललगायतका भीडभाड हुने क्षेत्र बन्द गरेपनि फिल्म छायांकनका गतिविधि भने सुचारु भएका छन् ।

जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्दै फिल्म छायांकनका गतिविधिलाई निरन्तरता दिने मनस्थितीमा निर्माता छन् । सहरी भन्दा पनि ग्रामिण क्षेत्रमै फिल्म सुटिङ गर्नुपर्ने भएकाले निर्माताहरु सुटिङ नरोक्ने मुडमा छन् ।

प्रतीक्षित फिल्म ‘कबड्डी’ चारको चौंथो श्रृंखला आगामी सातादेखि छायांकनमा जाने तयारीमा छ । निर्माता मणिराम पोखरेलका अनुसार सबै कलाकार र टीमको पीसीआर परीक्षणपछि प्राप्त नतिजाका आधारमा सुटिङमा जाने निधो भएको छ ।

कबड्डी फिल्म अहिले फिल्म छायांकनको अन्तिम तयारीमा छ । तल्लो मुस्ताङमा छायांकन गरिने कबड्डीले सुटिङमा जानु केही अगाडि मात्र कलाकारको पीसीआर परीक्षण गर्ने भएको छ ।

यस्तै, अदिती बुढाथोकीको होमप्रोडक्सनको फिल्म ‘बाबरी’ छायांकन पनि सोमबारदेखि सुरु भएको छ । पूर्वी नेपालको लेटाङबाट सुरु भएको फिल्ममा बुढाथोकीसहित धीरज मगर मुख्य भूमिकामा छन् । सुरेन्द्र पौडेल निर्देशक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *