हवाई भाडा बढ्यो (यस्तो छ नयाँ भाडादर) – Nepal Press

हवाई भाडा बढ्यो (यस्तो छ नयाँ भाडादर)

काठमाडौं । पछिल्लो पटक आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि वायुसेवा संचालक संघले पनि आज रातिबाट लागू हुने गरी वायुसेवाको भाडादर बढाएका छन् ।

निगमले स्वचालित प्रणाली अनुसार गत ४ गते हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाएको थियो ।

निगमले इन्धनमा मूल्य वृद्धि गरेसँगै संघले आज प्रेस विज्ञप्ती जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ ।

संघका प्रवत्ता योगराज कंडेल शर्माका अनुसार आयल निगमले जे जति रुपैयाँ हवाई इन्धनमा बढाउँछ सोही अनुरुप वायुसेवाले पनि आफ्नो हवाई ‘फ्यूल चार्ज’ लागू हुनेछ । जसका कारण हवाई भाडा स्वतः बढ्ने उनले बताए ।

हवाई भाडा दर चार्टमा हेर्नुहोला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *