सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि शुरु – Nepal Press

सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि शुरु

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट शुरु हुँदै छ ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्ग स्थित तीनधारा पाठाशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुने छ ।

रथयात्राको पहिलो दिन सेतो मच्छेन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ । असनमा पुर्‍याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।

मच्छेन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रनाथ बहालमा पुर्‍याएपछि अन्त्य गरिन्छ ।
सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाईएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर