गुल्मी कारागारका कर्मचारी कार्यकक्षमा मृत फेला – Nepal Press

गुल्मी कारागारका कर्मचारी कार्यकक्षमा मृत फेला

गुल्मी । कारागार कार्यालय गुल्मीका एक कर्मचारी कार्यालयभित्र मृत भेटिएका छन् ।

कारागारका कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे बिहान मंगलबार घाँटीमा डोरी बाँधेर झुण्डिएको अवस्थामा भेटिएका हुन् । जिल्लाको रेसुङगा नगरपालिका-१० सिमीचौरका घर भएका पाण्डेको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।

पाण्डेको मृत्यु के कसरी भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर