बस र ट्रक ठोक्किँदा २४ जना घाइते – Nepal Press

बस र ट्रक ठोक्किँदा २४ जना घाइते

रूपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वुद्धभूमि-९ सुरगरवरवामा बस र ट्रक ठोक्किँदा २४ जना घाइते भएका छन् ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु. १ ख ५६८४ नम्वरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना. ४ ख ३०१२ नम्वरको मालवाहक ट्रक मंगलवार ठोक्किएका थिए ।

घटनामा दुवै सवारीसाधनका चालक गम्भीर घाइते छन् । स्थानीय रुटमा चल्ने बस भएको कारणले दुर्घटनामा घाइते हुने बढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।

बसको क्याबिनमा बसेका र दुवै चालकसहित ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । स्थानीय अस्पतालमा उपचार हुननसकेका बिरामी बुटवल ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *