एनआरएनको नेतृत्वमा १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड – Nepal Press

एनआरएनको नेतृत्वमा १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड

काठमाडौं । गैर आवासीय नेपाली संघले १० अर्ब रकमको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा संघले ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ चैत ३० गते दर्ता यस कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा संघको ९५ प्रतिसत र नेपाल सरकारले ५ प्रतिशत ५० करोड रुपैया लगानी गर्ने छ ।

स‌ंघले लगानी गर्ने ९ अर्व ५० करोड मध्ये ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धता समेत प्राप्त भइसकेको संघले जनाएको छ ।

एनआरएन. नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ । कोष निर्माणका लागि गैर आवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आई.पी.ओ.) निष्काशन गरिनेछ । गैर आवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादन मुलक र रोजगारी मुलक क्षेत्रका आयोजनामा लगानी हुने अर्थमन्त्री विष्णु पौडेलले विश्वास व्यक्त गरे ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीले व्यक्तिगत रुपमा धेरै अगाडि देखि लगानी गर्दै आएको भएपनि सन २०१२ देखि सामुहिक रुपमा लागनी भित्र्याउन शुरु गरेको बताए । अहिले पनि १० अर्ब रुपैयाँ सामुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम शुरु गरिएको बताए । केही वर्ष भित्रमा यो फण्डलाई बढाएर ५० अर्ब भन्दा माथि बनाइने प्रतिवद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर