केकी कोरोना संक्रमित हुँदा ‘कमेडी च्याम्पियन’ र फिल्म ‘घिन्ताङ’ छायांकन पोस्टपोन्ड – Nepal Press

केकी कोरोना संक्रमित हुँदा ‘कमेडी च्याम्पियन’ र फिल्म ‘घिन्ताङ’ छायांकन पोस्टपोन्ड

काठमाडौं । अभिनेत्री केकी अधिकारी कोरोनाभाइरस संक्रमित भएकी छिन् । उनी भाइरस संक्रमित हुँदा उनी सम्बद्ध फिल्म छायांकन र रियालिटी सो प्रभावित भएका छन् ।

अहिले आफूलाई आइसोलेसनमा राखेकी केकीको स्वास्थ्य अवस्था भने सामान्य छ । उनलाई कोरोना देखिएपछि छायांकन भैरहेको केकी अभिनित फिल्म ‘घिन्ताङ’ पोस्टपोन्ड भएको छ ।

साथै, उनी निर्मात्री रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को सिजन २ समेत एकसातालाई पोस्टपोन्ड भएको छ । कमेडी च्याम्पियनले विज्ञप्ती जारी अर्का एक सहभागिलाई पनि कोरोना देखिएको उल्लेख गरिएको छ ।

कमेडी च्याम्पियनको छायांकन अर्को सातालाई पोस्टपोन्ड गरिएको खबर छ । टीमका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिने भएको छ । संक्रमित हुनेलाई क्वारेन्टिन र आइसोलेसनको पनि व्यवस्था गरिएको कमेडी च्याम्पियनले जनाएको छ ।

फिल्म ‘घिन्ताङ’का निर्देशक दीपक श्रेष्ठ पनि कोरोना संक्रमित भएपछि छायांकन रोकिएको थियो । मंगलबारदेखि छायांकन सुरु गर्ने भनिएपनि केकीलाई पजेटिभ देखिएपछि छायांकन पोस्टपोन्ड भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर