पुन:स्थापित प्रतिनिधिसभा : १२ घण्टा २५ मिनेट शोक प्रस्तावमै सीमित – Nepal Press

पुन:स्थापित प्रतिनिधिसभा : १२ घण्टा २५ मिनेट शोक प्रस्तावमै सीमित

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाका ९ बैठक बसे । यो बीचमा प्रतिनिधिसभाले जम्मा १२ घण्टा २५ मिनेट ससंदीय काम कारबाहीमा समय खर्चियो ।

गत फागुन २३ गतेबाट सुरु भएको अधिवेशन सोमबार दिउँसो १ बजेबाट अन्त्य भएको छ। पुन:स्थापित संसद प्रधानमन्त्री र सभामुखबीचको शक्ति संघर्षको छाँया जस्तै बन्यो र केवल शोक प्रस्ताव पारित गर्नमै सिमित भयो।

विपक्षी सांसदले सरकारले बिजनेश नदिएर पुन:स्थापित संसदलाई निष्क्रिय पार्न खोजेको आरोप लगाए । त्यस्तै प्रधानमन्त्री बैठकमा नगएको विषयमा पनि आलोचना भयो । सरकार र सत्तारुढ दलले भने संसदले काम गर्न नसेको र सरकारका काममा अवरोध मात्रै गरेको आरोप लगाए।

आठवटा अध्यादेश सभामा प्राप्त भई कार्यसूचीमा समावेश भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्र सभामा पेश भयो । यो पेश अध्यादेश पेश गर्दा सरकारले विपक्षीको विरोधको समाना गर्नुपर्‍यो।

यो अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता भएनन् । तर, अघिल्ला अधिवेशनहरुबाट विभिन्न चरणमा रहेका जम्मा ३६ वटा विधेयकहरु यस अधिवेशनमा प्राप्त भएका थिए । जसमध्ये ‘नेपाल इन्जिनियरिङ परिषद्’ र ‘संघीय निजामति सेवा विधेयक’ का सम्बन्धमा सम्बन्धित समितिबाट प्रतिवेदन सभामा पेश भए।

नेकपा विभाजनसँगै विभिन्न संसदीय समितिहरुमामा सदस्यहरुको नाम थप तथा हेरफेर भयो। साथै कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम समेत मनोनयन भयो।

बैठक अवधिभर जम्मा ८३ जना सदस्यहरुले शून्य समयमा र जम्मा ४३ जना सदस्यहरुले विशेष समयमा समसामयिक विषयहरुमा आ-आफ्नो भनाई राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर