कोभिडको नयाँ लहरको असर मापसे चेकिङमा, अब मुख नजिक लगेर ‘हा’ नगराउने – Nepal Press

कोभिडको नयाँ लहरको असर मापसे चेकिङमा, अब मुख नजिक लगेर ‘हा’ नगराउने

काठमाडौं । कोभिड संक्रमण बढेसँगै उपत्यका ट्राफिक महाशाखाले मापसे चेकजाँचको नीतिमा परिवर्तन गरेको छ ।

सामान्यतया सवारी चालकलाई चेकिङस्थलमा रोकेर ब्रेथलाइजरमा मुखमा हाली ‘हा-हा’गराउने क्रम कोभिडका कारण स्थगित गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनका अनुसार अब शंका लागेका सवारी चालकलाई नियन्त्रणमा लिई भौतिक दुरी सहित मापसे गरे, नगरेको पहिचान गरिने छ ।

खासगरी मोटरसाइकल चालकहरु मापसे गरेको अवस्थामा भाग्ने गर्दछन् । त्यस्तो अवस्थामा ट्राफिकले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने एसएसपी भट्टराईले बताए ।

सरकारले जारी गरेको कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड अनुसार ट्राफिक प्रहरीले आफ्नो काम गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *