चार मन्त्रीलाई तत्काल राजिनामा दिन जसपा लुम्बिनीको निर्देशन, २४ घण्टे स्पष्टिकरण माग – Nepal Press

चार मन्त्रीलाई तत्काल राजिनामा दिन जसपा लुम्बिनीको निर्देशन, २४ घण्टे स्पष्टिकरण माग

बुटवल । जनता समाजवादी पार्टीले नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका चारजना मन्त्रीलाई कारवाही गरेको छ ।

जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गरि पार्टी निर्णय विपरित सरकारमा सहभाागी भएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएका छन् ।

स्पष्टिकरण नआउँदासम्म सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको यादवले जनाएका छन् ।

उनीहरुलाई यथाशीघ्र सरकारबाट राजिनामा दिई चित्त बुझ्दो जवाफ पेश गर्न भन्दै स्पष्टिकरण नआएको खण्डमा सांसद पद नरहने गरि कारवाहीका लागि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी यादवले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर