कांग्रेस बैठकमा सत्ता राजनीतिको कुरै भएन,‘पर्सी…पर्सी’ भन्दै देउवाले रोके रामचन्द्रलाई – Nepal Press

कांग्रेस बैठकमा सत्ता राजनीतिको कुरै भएन,‘पर्सी…पर्सी’ भन्दै देउवाले रोके रामचन्द्रलाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल नभई दुई दिनका लागि स्थगित भएको छ ।

सोमबारको बैठकमा क्रियाशील सदस्यता विवादका बारेमा छलफल भएको थियो ।

विभिन्न प्रदेशमा कांग्रेस सहभागी भएर अविश्वास प्रस्ताव दर्ता भएको र संघीय सरकारविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी भइरहेका बेला कांग्रेस बैठक भने राजनीतिक विषयमा प्रवेश नै गरेन ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो राजनीतिक विकासक्रमबारे बोल्न खोजे पनि सभापति शेरवहादुर देउवाले ‘अहिले आन्तरिक कुरा गरौं, त्यो विषयमा पर्सी कुरा गरौंला पर्सी’ भन्दै उनलाई रोकेका थिए ।

सोमबारको बैठकले क्रियाशील सदस्यको विवरण वैशाख १५ भित्र पठाउन जिल्ला कार्यसमितिहरुलाई अन्तिम मौका दिइएको केन्द्रीय सदस्य रमेश लेखकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर