विदेशबाट नेपाल आउँदा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने – Nepal Press

विदेशबाट नेपाल आउँदा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिने होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विदेशबाट आएकाहरूले पीसीआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न निर्देशन दिइएको छ ।

‘विदेशबाट नेपाल आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम क्वारेन्टिन अनिवार्य बस्नुपर्नेछ’ मन्त्री गुरूङले भने, ‘पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर