विभिन्न अस्पतालमा काम गरिरहेका नक्कली डाक्टर पक्राउ – Nepal Press

विभिन्न अस्पतालमा काम गरिरहेका नक्कली डाक्टर पक्राउ

काठमाडौं । एसएलसीको प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको निमित्त एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृत लिएका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हाे ।

उनीहरु हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरु छन् ।

पक्राउ पर्नेमा न्यूरो हस्पिटल बिराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाष प्रसाद साह, दिर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेश कुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिए ।

उनीहरुसँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेकाहरुलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *