मंगल ग्रहमा नासाले उडायो हेलिकोप्टर, नासाको चुनौतिपूर्ण मिसन सफल (भिडियो) – Nepal Press

मंगल ग्रहमा नासाले उडायो हेलिकोप्टर, नासाको चुनौतिपूर्ण मिसन सफल (भिडियो)

काठमाडौं । अन्ततः मंगल ग्रहमा हेलिकोप्टर उडाउने अमेरिकी अन्तरीक्ष नियोग नासाको प्रयास सफल भएको छ ।

आज दिउँसो नासाको १.८ किलोग्राम तौल भएको इन्जेन्युटी हेलिकोप्टरले रातो ग्रहको उडान थालेको हो । नासाले प्रत्यक्ष प्रसारण गरेको यो दृश्य हेर्न विश्वको ध्यान केन्द्रित थियो ।

पर्सिभिअरेन्स रोभरलाई भुइँमा छाड्दै जेजेरो क्रेटरबाट इन्जेन्युटी नामक उक्त हेलिकोप्टरले उडान भरेको थियो ।

गत फेब्रुअरीमा मंगलमा अवतरण भएको पर्सिभिअरेन्स रोभरसँग उक्त हेलिकोप्टरलाई पनि त्यसतर्फ पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर