मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना – Nepal Press

मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना

काठमाडौं । बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताए । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।

कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठको आज जन्मदिन पनि हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर