सिभिल बैंकका सीईओ गुरुङकाे राजीनामा स्वीकृत – Nepal Press

सिभिल बैंकका सीईओ गुरुङकाे राजीनामा स्वीकृत

काठमाडौं । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ ।

बैंकको ५ गते बसेको सञ्चालक समितिको बैंठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

गुरुङ म्यान्मारको एक बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर जाने निश्चित भएपश्चात सिभिल बैंकमा उनको कार्यकाल सकिन्न तीन महिना बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।

नेपालबाट विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने गुरुङ पहिलो व्यक्ति हुन । उनी सिभिल बैंकको कार्यकारी अधिकृत हुनुभन्दा अगाडी हिमालयन बैंक , ग्लोबल बैंक र मेगा बैंकमा रही काम गरेको अनुभव रहेको थियो ।

उनको राजीनामा बैशाख १८ गतेबाट कार्यान्वयनमा आउने भएकाले उनको स्थानमा डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर