नेकपा विभाजनको बेला थपिएका केन्द्रीय सदस्य एमालेको राष्ट्रिय परिषद् सदस्यमा रुपान्तरण – Nepal Press

नेकपा विभाजनको बेला थपिएका केन्द्रीय सदस्य एमालेको राष्ट्रिय परिषद् सदस्यमा रुपान्तरण

काठमाडौं । तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड-माधव पक्षले कार्की वैंक्वेटमा अलग्गै बैठक राखेको थियो । सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।

सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएसँगै ती केन्द्रीय सदस्यहरू के हुने भन्ने अन्योल थियो । अब उनीहरू केन्द्रीय कमिटी र महाधिवेशनको बीचको एमालेको संरचना राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बन्ने भएका हुन् ।

यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *