शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिँदै – Nepal Press

शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।

लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।
नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे सपथ हुनसक्ने एक सांसदले बताए ।


प्रतिक्रिया

One thought on “शंकर पोखरेललाई जसपाको साथ, आजै चार मन्त्री थपिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर