तस्बिरमा हेर्नुस् एमाले महाधिवेशन आयोजक कमिटी बैठक – Nepal Press
तस्बिरमा हेर्नुस् एमाले महाधिवेशन आयोजक कमिटी बैठक
नेपाल प्रेस २०७८ वैशाख ६ गते १५:१२
२०७८ वैशाख ६ गते १५:१२

काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश भएको छ । बैठकमा महासचिवको सांगठानिक प्रतिवेदन पनि पेश हुने तयारीमा रहेको छ ।

बैठकमा माधव नेपाल पक्षका सोम मिश्र, बिष्णु रिजाल लगायतका नेता पनि सहभागी भएका छन् ।

यस्ता छन् बैठकका एजेण्डा :

१) राजनैतिक प्रतिबेदन
२) संगठनात्मक प्रस्ताब र केन्द्रिय सदस्यहरुको कार्य बिभाजन
३) अनुशासनको कार्बाही
४) उप निर्वाचन
५) प्रदेश सरकारहरुको बारेमा
६) केन्द्रीय कार्यालयको व्यवस्थापन
७) समसामयिक प्रस्ताब



 
  

तस्बिरहरु : राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय।