मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा के छ ? (प्रस्तावसहित) – Nepal Press

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा के छ ? (प्रस्तावसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी ४१ सांसदले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

सवा १ बजे सचिवालयमा दर्ता नम्बर १०० रहेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख छ ।

हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना सांसद छन् । अविश्वास प्रस्ताव पेस गर्ने पार्टीको आधिकारिक निर्णय नभएको भन्दै जसपाकी कमला पाण्डेले भने हस्ताक्षर गरेकी छैनन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *