नेपाल टेलिकमको पूर्वाधार अन्य कम्पनीले समेत प्रयोग गर्न पाउने – Nepal Press

नेपाल टेलिकमको पूर्वाधार अन्य कम्पनीले समेत प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूर्वाधार अन्य कम्पनीलाई प्रयोग गर्न दिने भएको छ ।

नेपाल टेलिकमको अघिल्लो साता बसेको बोर्ड बैठकले अप्टिकल फाइबर नेटवर्क र अन्य पूर्वाधार प्रयोग गर्न दिने निर्णय गरेको हो । योसँगै अब अन्य टेलिकम तथा इन्टरेनेट सेवाप्रदायक कम्पनीले टेलिकमको फाइबर नेटवर्कको पूर्वाधार एक आपसमा प्रयोगको बाटो खुलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि आफ्ना पूर्वाधार एक अर्कामा प्रयोग गर्न दिन निर्देशन दिँदै आएकोमा कार्यान्वयन भने हुन सकेको थिएन ।

सरकारी स्वामित्वकै कम्पनी नेपाल टेलिकमले निर्णय गरेपछि अब पूर्वाधार सहप्रयोगका लागि बाटो खुला गरिदिएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म ४८ कोरभन्दा माथिका पूवार्धार सहप्रयोग गर्नसक्ने भनी निर्णय भएको टेलिकमले जनाएको छ ।

पूर्वाधार प्रयोगका लागि एक्टिभ फाइबर मनिटरिङ सिस्टम जडान गरी जीआईएसमा डेटावेस मेन्टेन्ट गरेर निर्णय कार्यान्वयनमा आउने छ ।
एक्टिभ फाइबर मनिटरिङ सिस्टम जडान गरेपछि फाइबर कसले, कहाँ प्रयोग गरिरहेको छ भन्ने सम्पूर्ण कुराको जानकारी लिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर