मन्त्रिपरिषद्को निर्णयपछि के हुन्छ त्रिकोणात्मक क्रिकेट सिरिज ? आज दर्शकसहित खेलाइँदै – Nepal Press

मन्त्रिपरिषद्को निर्णयपछि के हुन्छ त्रिकोणात्मक क्रिकेट सिरिज ? आज दर्शकसहित खेलाइँदै

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको दोस्रो लहरका कारण बन्द गर्ने निर्णय लिएका विभिन्न क्षेत्रमा रंगशाला पनि परेको छ । तर, आज त्रिवि मैदानमा नेपाल र मलेसियाबीच क्रिकेट प्रतियोगिता दर्शकसहित नै खेलाइँदै छ ।

नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल मन्त्रीपरिषदको निर्णयबारे औपचारिक जानकारी नआएकाले आज पूर्वनिर्धारित सेड्यूल अनुसार खेल आयोजना गरिएको बताउँछन् ।

‘हामीले मन्त्रिपरिषद्को निर्णयबारे सञ्चारमाध्यमबाट थाहा पाएका हौं । सरकारले कुनै औपचारिक सूचना निकालेको वा हामीलाई पत्राचार गरेको अवस्था छैन । त्यसैले प्रतियोगितालाई अब कसरी अगाडि बढाउने भन्नेमा हामीले नयाँ निर्णय लिएका छैनौं,’ उनले नेपाल प्रेससँग भने ।
मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि त्यसलाई आफूहरुलाई सम्मान गर्नुको विकल्प नहुने उनले बताए ।

प्याकुरेलले थपे, ‘जहाँसम्म मलाई लाग्छ दर्शकबिना खेल सञ्चालन गर्न पाइने छ । यो प्रतियोगिताका आगामी म्याचहरुमा दर्शकले प्रवेश नपाउन सक्नुहुन्छ ।’

आजको म्याचमा भने दर्शक सहभागी रहेको उनले बताए ।‘आज दर्शकहरु मैदानमा आइसक्नु भएको छ । उहाँहरुलाई फर्काउने कुरा आएन । अर्को म्याचदेखि हामी नयाँ निर्णय लिन सक्छौं,’ उनले भने ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठका अनुसार सरकार दर्शकसहितको रंगशालामा रोक लगाएको छ । यसको अर्थ दर्शक प्रवेश नगराइकन
समाचारअनुसार रंगशालामा दर्शकसहितको खेल गतिविधि मात्रै रोक लगाइएको हो ।

दर्शकबिना खेल सञ्चालन गर्न पाइने भएकाले नेपाल मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक श्रृंखला यथावत सञ्चालन हुने भएको छ । आज नेपाल र मलेसियाले त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

यसअघिका खेलहरुमा दर्शकलाई प्रवेश दिइएको थियो । तर, आजबाट दर्शकबिना खेलहरु खेलाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *