लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री प्रस्ताव – Nepal Press

लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री प्रस्ताव

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको छ ।

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन्।

कांग्रेस सांसद डिल्ली चौधरीले सवा १ बजे प्रस्ताव दर्ता गर्ने जानकारी दिए । माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ। केसी यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री थिए।

८७ सदस्यीय प्रदेशसभामा एमालेको ४१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर