त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित पक्राउ – Nepal Press

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ  पक्राउ गरेको हो ।

काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *