माओवादी स्थायी कमिटी बैठक सर्‍यो – Nepal Press

माओवादी स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको लागि तय स्थायी कमीटी बैठक स्थगित भएको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक भोलि (मंगलबार) १ बजे निर्धारण गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

ढकालका अनुसार नेताहरूको कार्यव्यस्तताका कारण बैठक सारिएको हो ।

बैठकमा पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतको छलफल हुने बताइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर